बाँके 'सहकारी बित्तीय संस्था लिमिटेड' रकम हिनामिना मुद्दा प्रकरण: १९ जना दोषी ठहर(आदेशसहित)

बिहीबार, पुस १२, २०८०

नेपालगन्ज । बाँके जिल्लाकै पुरानो मानिने “सहकारी बित्तीय संस्था लिमिटेडको रकम हिनामिना  मुद्दामा जिल्ला अदालत बाँकेले १९ जना दोषी ठहर गरेको छ। 

सहकारी बित्तीय संस्था लिमिटेडको रकम हिनामिना  मुद्दामा  जिल्ला अदालत बाँकेका न्यायधीश इन्द्र बहादुर कठायतको एकल इजलासले १९ जनालाई दोषी ठहर गरेको हो भने उक्त मुद्दामा २१ जनालाई सफाई दिएको छ। 

जिल्ला अदालत बाँकेले मुद्दामा  फैसलामा गर्दै लिलाप्रसाद वली, गौरव श्रैष्ठ, शारदाकुमारी थापा मगर, सिद्धिकुमार महर्जन, अमर खड्का, रविन्द्र थापा, ओमप्रकाश चौधरी, लिला शाह, तुसार शाह, सन्दिप शर्मा, बलराम यादव, हरदेव बक्स चौधरी, स्थिरमणि बज्राचार्य, किरण श्रेष्ठ, गंगाधर सुवेदी, अरुणकुमार पाठक, गोपाल भण्डारी, सुर्य बिक, सुरतराम खटिक दोषी ठहर गरेको हो।  

२०७६ साल असोजदेखि शुरु भएको रकम हिनामिना  प्रकरणको मुद्दामा ३३ जना धरौटीमा छुटेका थिए ।  ४३ करोड रुपैयाँ अपचलनमा अहिले ७ जना हिरासतमा  छन भने १ जना देश बाहिर रहेकाले अदालतमा हाजिर भएका छैनन । यो मुद्दामा ४१ जना प्रतिवादी रहेको  जिल्ला अदालत बाँकेले जनाएको छ। 

अदालतले दोषी ठहर गरेकाहरुमा सबै सहकारीका तत्कालिन सञ्चालक समिति र कर्मचारीहरु रहेका छन् । कसुर ठहर भएका प्रतिवादीका लागि १ महिनाभित्र अर्को पेशी तोकेर सजाय निर्धारण गरिने अदालतले जानकारी दिएको छ । 

‘कसुर ठहर भएका प्रतिवादीहरुको हकमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ९ अनुसार सजाय निर्धारणको लागि छुट्टै सुनुवाई गर्नुपर्ने देखिएको र सो प्रयोजनको लागि जिल्ला सरकारी वकिल कार्यालय बाँके र प्रतिवादीका कानुन ब्यवसायीलाई सजाय पुर्वको प्रतिवेदन सात दिनभित्र पेश गर्न अदालतले आदेश दिएको छ । 

यसैगरी आरोपित अजयकुमार पाठक, सतिशकुमार शर्मा, तुल्सा थापा, अंगतरा बर्मा, दीपक बर्मा, चन्द्रप्रसाद तिमिल्सेना, राजेन्द्रकुमार बिक, मैया केसी, पवनकुमार यादव, लक्ष्मी श्रेष्ठ, बिमला गौतम, कृष्णबिक्रम केसी, रत्ना राणा, प्ररमात्माप्रसाद कुर्मी, नन्दकिशोर कहार, गंगा भुसाल, विजयकुमार पाठक, विनमकुमार श्रेष्ठ, नारायणबाबु अधिकारी, बिनोदकुमार शाक्य र कुलानन्द रेग्मीले सफाई पाएका छन्  । 

यस्तो छ अदालतको आदेश-

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०७:०३
प्रतिक्रिया दिनुहोस्