सन्दीप लामिछानेविरुद्दको मुद्दाको सुनुवाइ आज पनि सकिएन, अब भोलि सुनुवाइ

बुधबार, पुस ११, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्दको नाबालिक बलात्कार मुद्दाको पेशी भोलिलाई सरेको छ।

आज जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइले नसकिएपछि अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ ।

आइतबार फैसला बहस नसकिएपछि आजका लागि समय तोकिएको थियो । जाहेरीकर्ताको तर्फबाट चार जना वकिलको बहसपश्चात् न्यायाधीश शिशिरराज ढकालले आइतबार मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए ।

सन्दीपको मुद्दा सात महिनादेखि सर्दै आएको छ।क्रिकेटर सन्दीप लामिछानेविरुद्दको  नाबालिक सन्दीपको बलात्कार मुद्दाको छिनोफानो सम्भवत भोलि नै हुनेछ।

 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्