रुस नियन्त्रित क्रिमियाली शहरमा युक्रेनको आक्रमण

बुधबार, पुस ११, २०८०

काठमाडौँ । युक्रेनले  रुसले नियन्त्रण गरेको क्रिमियाली बन्दरगाह शहर फियोडोसियामा आक्रमण गरेको छ । 

मंगलबार युक्रेनले गरेको उक्त आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको सो क्षेत्रका गभर्नरले जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

'दुर्भाग्यवश, फिओडोसियामा शत्रुको आक्रमणमा परी एक जना व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्,' सर्गेई अक्स्योनोभले टेलिग्राममा उल्लेख गरेका छन् । 

आक्रमणबाट ६ वटा भवनहरू क्षतिग्रस्त भएको र त्यहाँका बासिन्दाहरूलाई अन्यत्र सारिएको जनाइएको छ ।

युक्रेनको वायुसेनाले मस्कोको कीभ विरुद्धको युद्धमा ड्रोन बोकेको आशंकामा फिओडोसिया नजिकै रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ।

अक्स्योनोभले जनाए अनुसार 'बन्दरगाह क्षेत्र घेराबन्दी गरिएको छ ।' युक्रेनले बारम्बार क्रिमियामा विशेषगरी रुसी सेनालाई लक्षित गरी हमला गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्