'सरकारको दोहोरो चरित्र सह्य हुँदैन': विप्लव

बुधबार, पुस ११, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । सरकारको दोहोरो चरित्र सह्य नहुने  नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले चेतावनी दिएका छन् । 

आफूहरुसँग सहमति पनि गर्ने र घेराबन्दी पनि कुरा सह्य नहुने बताएका हुन् । विप्लवले देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामहरुको बारेमा छलफल शुरु भएको बताए । 

विप्लवलाई अदालतबाट पक्राउ पूर्जि जारी गरिएको छ । उनले सरकारसँगको सहमति र अदालतको पक्राउ पूर्जिबारे समाजवादी मोर्चामा ध्यानाकर्षण गराइएको बताए ।

उनले भने, ‘ समाजवादी मोर्चाको बैठक आजबाट शुरु भएको छ । देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामहरुको बारेमा छलफल शुरु भएको छ । आज साँझ फेरि ६ बजे यही बैठक हुन्छ र निर्णय हुन्छ, यो चाहीँ चल्दैन । सहमति पनि गर्ने, घेराबन्दी पनि गर्ने जो खालका चित्रहरु देखिएका छन्, त्यो चल्दैन ।’

 

 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्