उद्योगको बिजुली काटिएपछि रोजीरोटी धरापमा पर्यो भन्दै मजदुरले सुरु गरे प्रदर्शन

बुधबार, पुस ११, २०८०

पर्सा।  बिजुलीको लाइन काटिएका उद्योगका मजदुरहरुले प्रदर्शन सुरु गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएको विरोधमा  सिमरामा रहेका जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरुले आज प्रदर्शन गरेका हुन् ।

सबैभन्दा पहिला आज बिहान जगदम्बा स्टिल उद्योगका मजदुरहरुबाट विरोध प्रदर्शन सुरु भएपछि त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरु पनि प्रदर्शनमा उत्रिएका हुन् ।

बिजुली काटिएको जगदम्बा स्टिलमा करिव ३ हजार ५ सय, त्रिवेणी स्पिनिङमा करिव २ हजार ५ सय र हुलास स्टिलमा करिव १ हजार ५ सय मजदुरहरु कार्यरत छन् ।

मजदुरहरुले आ-आफ्ना कारखानाको प्लेकार्डसहित प्रदर्शनमा निस्किएका उनीहरुले नेपाल विद्युत प्राधिकरणको कार्यालय घेराउ गरी जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

उनीहरुले बिजुली काटिएपछि उद्योग बन्द हुँदा आफूहरुको रोजीरोटी धरापमा परेको भन्दै  प्रदर्शन गरेका छन् । 

 

 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्