बालुवाटारमा समाजवादी मोर्चाका शीर्ष नेताहरुको बैठक जारी

बुधबार, पुस ११, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक बसिरहेको छ । बैठकमा समाजवादी मोर्चामा शीर्ष नेताहरुसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी छन् ।

बैठकमा सरकारको एक वर्षको समीक्षाका आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको बताइएको छ ।

पछिल्लो समय निष्क्रिय रहेको मोर्चालाई क्रियाशील तुल्याउन घटक दलहरू सक्रिय भएको छन्।

गत असारमा गठन भएको मोर्चाले यसअघि सातै प्रदेशमा सभा आयोजना गरेर मोर्चा गठनको औचित्य बताइसकेको छ। त्यस्तै जिल्ला–जिल्ला र पालिका तहसम्म संगठन विस्तार गर्ने उसको लक्ष्य छ।

 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्