ईसेवाले ल्यायो छात्रवृत्ति योजना

बुधबार, पुस ११, २०८०

काठमाडौँ । ईसेवाले 'क्षामा छात्रवृत्ति':१  लाख पुरस्कार’ ल्याएको छ। यस अभियानका माध्यमबाट एक भाग्यशाली विद्यार्थीले एक लाख रुपैयाँ छात्रवृत्ति पाउने छन् । 

शैक्षिक शुल्क भुक्तानीका लागि ईसेवा प्लेटफर्म रोज्ने विद्यार्थीमध्ये एक जनाले यो अवसर पाउने छन् । डिजिटल सबलीकरण र शिक्षाको महत्त्व हेरेर ल्याइएको यो अभियान विद्यार्थी र अभिभावक दुवैलाई डिजिटल वित्तीय प्रविधिको एउटा नयाँ यात्रामा लैजान प्रेरित गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

सहज,सरल र सुरक्षित वित्तीय कारोबारको प्रत्याभूति दिँदै विद्यार्थीलाई प्रोत्साहन गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध रहेको ईसेवाले जनाएको छ । 

यो छात्रवृत्ति योजनाले खाली एउटा वित्तीय योगदानमात्र नभई यसले युवा मस्तिष्कमा हौसला भर्नेछ । 

 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ०८:२३
प्रतिक्रिया दिनुहोस्