भारी वर्षाले जिल्लावासीलाई विचल्ली

बिहीबार, असार २८, २०८०

झापा।  गए रातीदेखि परेको अविरल वर्षाका कारण झापाका विभिन्न स्थानहरूका सयौँ घर डुबानमा परेका छन् । वर्षाका कारण झापा जिल्लाको झापा गाउँपालिका वडा नम्बर १ सिमलबस्ती पूर्वका ३० वटा घर डुवानमा परेका छन् । 

त्यसैगरी झापा गाउँपालिका  वडा नम्बर २ सडकबारीमा ठूलो कनकाई र सानो कनकाई नदीको पानी गाउँमा प्रवेश गरेपछि ३४ वटा घरहरू डुबानमा परेको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिएका छ्न्  ।

बाह्रदशी गाउँपालिकाको वडा नं २ मा पर्ने अदुवा खोला बस्तीमा पस्दा त्यहाँस्थित सुकुम्बासी बस्तीका ४५ वटा घरहरु डुबानमा परेका छन् । सुकुम्बासी बस्तीका  १ सय ५० जना बाढी पीडितहरूलाई नजिकैको दक्षिणेश्वर शिव मन्दिरमा अस्थायी बसोबासका लागि स्थानान्तरण गरिएको छ ।

उता नेपालको होचो भूभाग भनेर चिनिने कचनकवल गाउँपालिका ९केचना० वडा नम्बर ४ मा पर्ने बयरवन र पोक्लावानमा मेची नदी पस्दा १ सय भन्दा धेरै घरहरू डुबानमा परेका छ्न्  ।

त्यसैगरी वर्षाको कारण रतुवा खोलामा बाढी आएर गौरादह नगरपालिका वडा न ५ र ६  मा पर्ने भानुमार्ग पश्चिमतर्फको भूभाग डुबानमा परेको छ । 

सो क्षेत्रमा पर्ने खयरबारी, चप्रामारी पश्चिम डुबाटोली, टंगुवा, माहादेवस्थान, तेलियाडाँगी सिंहाडुब्बाका गाउँगरु पुरै डुबानमा परेका छन् । 

त्यसैगरी गौरादह नगरकै वडा न २ को कृषि क्याम्पस आसपास पूर्णरुपमा डुबेको छ । वडा नं ३ मा पर्ने बरगाछि जाम्बाडी लगायतका छेत्र डुबानमा पर्दा  किसानले लगाएको धानबालीमा ठूलो नोक्सान पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  २१:३४
प्रतिक्रिया दिनुहोस्