इजरायली आक्रमणमा २० ह्जार ६ सय बढीको मृत्यु

मंगलबार, पुस १०, २०८०

काठमाडौँ ।  गाजा पट्टीमा इजरायली नौसेनाले  हमासका आतङ्ककारीविरुद्द आक्रमण गरेको दाबी गरेको छ । 

इजरायली रक्षा बलले आज बिहान बताएअनुसार आइडीएफले नौसेनाले हमासका कार्यकर्ताहरू लुकेका थुप्रै भवनहरूमा आक्रमण गरेको छ। साथै नौसेनाले हमासको टोलीले इजरायली सैनिकहरूमाथि मोर्टार र गोली हानेका स्थानहरूमा पनि आक्रमण गरेको दाबी गरेको छ। 

यसैबीच, वायुसेनाले खान युनिस क्षेत्रमा गरेको हवाई हमलामा हमासका एक जना कमान्डर मारिएका छन् । छुट्टै हवाई हमलामा रकेट बोकेका अन्य थुप्रै आतङ्ककारी मारिएको बताइएको छ । 

गत अक्टोबर ७ मा गाजा सीमा नजिक इजरायली समुदाय लक्षित हमासको आक्रमणमा कम्तिमा १ हजार २०० जनाको मृत्यु भएको थियो। 

यता गाजामा इजरायलले गरेको आक्रमणम मृत्यु हुनेको सङ्ख्या २० हजार ६ सय ७४ पुगेको छ ।

हमासद्वारा सञ्चालित गाजामा रहेको स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबरको शुरुदेखि इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तिमा २० हजार ६७४ व्यक्तिको मृत्यु भएको जनाएको छ।

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक हमलाबाट शुरु भएको युद्धमा अहिलेसम्म ५४ हजार ५३६ व्यक्ति घाइते भएको पनि मन्त्रालयले जनाएको छ।

गाजामा हमासले बन्दी बनाएका पुरुष, महिला, बालबालिका, सैनिक र विदेशीहरूको सङ्ख्या अहिले १२९ रहेको विश्वास गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्