प्रधानमन्त्रीले आज दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दै

मंगलबार, पुस १०, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।

आज दिउँसो ३ बजे राष्ट्रका नाममा प्रधानमन्त्रीले  सम्बोधन गर्ने कार्यक्रम तय भएको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।

आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको १ वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् । प्रचण्ड  २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्