आयोजना कार्यालयले भुक्तानी नदिदा ठेकेदारहरु आन्दोलित

बिहीबार, असार २८, २०८०

बर्दिया । काम गरेका मजदुरले पैसा नपाएको भन्दै आज कर्णाली नदी व्यवस्थापन आयोजना राजापुर वर्दियाको कार्यालय घेराउ गरेका छन् ।

आयोजनाले वजेट निकासाको लागी विभाग र सिंचाई मन्त्रालय हुदै अर्थ मन्त्रालयमा माग गरेको निकासाको रकम अर्थ मन्त्रालयले नदिदा निर्माण व्यावसायीले काम गरेका मजदुरलाई रकम उपलब्ध गराउन सकेका छैनन् ।

उक्त आयोजनाले निर्माण व्यावसायीको करिव २० करोड रकम भुक्तानी गर्नुपर्ने छ ।अर्थ मन्त्रालयले वजेट अभाव भएको कारण अहिले भुक्तानी गर्न नसकिने वताईसकेको छ ।

यता अर्थ मन्त्रालयमा समेत आयोजना प्रमुख र निर्माण व्यवसायी काम गरेको रकम भुक्तानीको लागी धाइरहेका छन ।

भिडियो-

https://m.facebook.com/story.php?story_fbid=pfbid0q6Qnv1VsdA3WRaLyXMJ5HAWPo58a7vyswJYScb5VppW3Hr4NfN5u2D5BDTTKwMQrl&id=100001470176393&mibextid=Nif5oz

 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्