प्रधानमन्त्रीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्दै

सोमबार, पुस ९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।

भोलि (मंगलबार) दिउँसो ३ बजे राष्ट्रका नाममा प्रधानमन्त्रीले  सम्बोधन गर्ने कार्यक्रम तय भएको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।

आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको १ वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् । प्रचण्ड  २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।

 

 

 

 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्