'गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न आवश्यक छ': देउवा

आइतबार, पुस ८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले  बताएका छन् ।

आज पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्म दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न आवश्यक रहेको बताए । उनले राजनीतिक दलहरूले यसबारेमा विशेष जोड दिइ गम्भीर बन्नुपर्ने बताए । उनले नेता स्व. भट्टराई कुनै पनि बदनामले नछोएको व्यक्ति भएको बताए । उनले नेता भट्टराईको खोनिनीति गरी पुस्तक लेख्नुपर्ने र सबैलाई बुझाउन सक्नुपर्ने बताए ।

देउवाले  भने, ‘भट्टराईजीका बारेमा जति बोले पनि पुग्दैन । उहाँ निर्लोभ, कुनै पनि बदनामले नछोएको व्यक्ति, अत्यन्त त्यागी व्यक्ति हुनुहुन्थ्यो। वास्तवमा उहाँको विषयमा खोजीनिती हुनुपर्छ । उहाँको विश्लेषण हुनुपर्छ । उहाँको कुरा किताबमा लेख्नुपर्छ । यो कुरामा हामी लागेका छौँ । कृष्णप्रसाद भट्टराई देखाएको बाटोमा हाम्रो पार्टीलाई हिँडाउन सकेको खण्डमा अवश्य पनि मलाई विश्वास छ ।

हाम्रो पार्टी प्रजातन्त्रप्रति आस्थावान् मात्रै होइन, प्रजातन्त्रलाई अझ सुदृढ गर्दै लगेर, गणतन्त्रलाई सुदृढ गर्दै लैजानका लागि र यो अहिले पनि विभिन्न किसिमका कुराहरू आइरहेका छन् । अहिले पनि गणतन्त्रलाई कमजोर गर्ने कुरा भइरहेको छ । यस्ता विषयमा हामीले ध्यान दिनुपर्छ । गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न हाम्रो मुख्य बाटो हो।’

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्