लुम्बिनी सरकारका नवनियुक्त मन्त्रीहरुले लिए सपथ

आइतबार, पुस ८, २०८०
Neuro hospital Nepalgunj

दाङ ।  लुम्बिनी सरकारका नवनियुक्त  दुई जना  मन्त्रीहरुले आज शपथ लिएका छन ।

आज दिउँसो लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचरले नेकपा माओबादीबाट खानेपानी, ग्रामीण तथा शहरी विकासमन्त्री कृष्णा केसी (नमुना) र कांग्रेसबाट उद्योग तथा यातायातमन्त्री नियुक्त भएका रोज राणा भनेर चिनिने सरोज थापालाई सपथ गराएका हुन् ।

केसी र थापा मन्त्री बनेसँगै लुम्बिनी सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीको संख्या ९ पुगेको छ । मुख्यमन्त्री चौधरीले अझैंपनि एउटा मन्त्रालय आफुसँगै राखेका छन ।

 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्