सर्वोच्चका मुख्य रजिष्ट्रार र रजिष्ट्रार उच्च अदालतको न्यायाधीशमा सिफारिस

आइतबार, पुस ८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार र रजिष्ट्रारलाई न्यायपरिषदले उच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको छ ।

सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई परिषदको आज बसेको बैठकले उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

मुख्य रजिष्ट्रार कुँवरलाई उच्च अदालत पाटन र रजिष्ट्रार  पौडेललाई उच्च अदालत पोखराको जिम्मेवारीसमेत तोकिएको न्यायपरिषद सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै आजकै न्यायपरिषद बैठकले उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट न्यायाधीश चन्द्रबहादुर सारुलाई उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सरुवा गरेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्