अयोध्याको राम मन्दिरमा नेपालबाट उपहार पठाइँदै

आइतबार, पुस ८, २०८०
Neuro hospital Nepalgunj

जनकपुर । भारतको अयोध्यामा हुने श्रीराम मन्दिरमा प्राण प्रतिष्ठा’का लागि उपहार पठाइने भएको छ।

आगामी माघ ८ गते हुने ‘श्रीराम मन्दिरमा प्राण प्रतिष्ठा’का अवसरमा नेपालबाट जनकपुरधाम–अयोध्याधाम यात्रासहित उपहार पठाइने भएको हो ।

जानकी मन्दिरको अगुवाइमा जनकपुरधामबाट अयोध्यासम्म विशेष यात्रासहित यहाँको उपहार पठाइन लागेको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिए । 

उपहारमा विभिन्न प्रकारका आभूषण, भाँडावर्तन, समावेश गरिनेछ । 

उनका अनुसार माघ ६ गते अयोध्यामा राम जन्मभूमि राम मन्दिर ट्रष्टलाई उपहार हस्तान्तरण गर्ने योजनासहित माघ ४ गते जनकपुरबाट यात्रा प्रारम्भ हुनेछ । 

जनकपुरधामबाट जलेश्वरनाथ, मलङ्गवा, सिम्रौनगढ, गढीमाई, वीरगन्ज हुँदै भारतको बेतिया, कुशीनगर, सिद्धार्थनगर गोरखपुरसम्म विभिन्न धार्मिक स्थलको दर्शन गर्दै अयोध्या पुग्ने कार्यक्रम छ । 

त्यसैगरी सहमहन्थ दासको नेतृत्वमा उपहार यात्राका मूल समारोह समितिसमेत गठन गरिएको छ । 

समितिको संरक्षकका रूपमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह रहनेछन् ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्