वीरगञ्ज नाकाबाट महिला र बालक गरि २६० जनाको उद्धार

आइतबार, पुस ८, २०८०
Neuro hospital Nepalgunj

पर्सा। पर्साको वीरगञ्ज भन्सार नाकाबाट २६० जनाको उद्धार भएको छ। १ वर्षको अवधिमा त्यहाको नाकाबाट दुई सय ६० जनाको उद्धार गरिएको हो। 

त्यहाबाट माइती नेपालले २५७ जना  महिला र ३  बालकलाई उद्धार गरेको हो ।  उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन् । 

संस्थाको संरक्षणमा रहेकामध्ये ३८  मधेस प्रदेशका, ५८ बागमती प्रदेश, ३३ कोशी प्रदेश, १३ लुम्बिनी, ३८ गण्डकी र सात जना सुदूरपश्चिम प्रदेशका छन् ।

वीरगञ्जस्थित सीमानाकामा माइती नेपाल, आशिष समाजिक नेपाल, आफन्त नेपाल, साना हात नेपाल र नेपाल प्रहरीलगायत मानव बेचबिखनविरुद्ध निगरानीमा सक्रिय छन् । 

वीरगञ्ज नाकामा निगरानी बढाए पनि पर्साको भिश्वा, भङ्गहालगायत नाकामा पनि निगरानी बढाउनुपर्ने स्थानीयको माग छ । 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्