प्रधानमन्त्रीसँग शीर्ष नेताहरुबीच छलफल

आइतबार, पुस ८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । देशका शीर्ष नेताहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड ले छलफल गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले  कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सामूहिक छलफल गरेका हुन् ।

उनीहरुसँगै कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि  थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको नेताहरुसँगको छलफल सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित रहेको बताइएको छ।

 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्