राष्ट्रपति पौडेलले कार्यालय परिसरमै रोपे वर-पीपल

बिहीबार, असार २८, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका छन् । राष्ट्रपति पौडेलले  राष्ट्रपति कार्यालय परिसरभित्र वर–पीपल रोपी चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका हुन्। 

राष्ट्रपति पौडेलले वर–पीपलसहितको चौतारो र पोखरी निर्माणका लागि कार्यालयलाई निर्वाचित भएलगत्तै निर्देशन दिएका थिए । सोहीअनुरूप उनले बिहीबार पूजा अर्चनासहित वर–पीपल रोपेका हुन् । 

राष्ट्रपति भवनको पश्चिमपट्टीको भागमा चौतारो निर्माणका लागि वरपीपल रोपिएको हो । सोही स्थानभन्दा तल्लो खोल्सामा पोखरी निर्माण गर्ने योजना छ ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्