अज्ञात व्यक्तिले गरे उपमेयर चढ्ने जिपमा आगजनी

आइतबार, पुस ८, २०८०
Neuro hospital Nepalgunj

महोत्तरी । उपमेयर रेनुकुमारी महतो चढ्ने  प्र२-००२-०००१झ०००५ नम्बरको जिपमा आगजानी गरिएको छ।

महोत्तरीस्थित गौशाला नगरपालिकाका उपमेयर महतो  चढ्ने जिपमा गए राति २ बजे तिर गौशाला-१ रामनगरमा घरको गेट नजिक पार्किङ गरेर राखिएको उक्त जिपमा अज्ञात व्यक्ति पेट्रोल छर्केर आगजनी गरेको प्रहरीले जनाएको छ।

ती अज्ञात व्यक्तिले जिपमा आगजनी गरेको तुरुन्तै उपमेयरको घर-परिवारले थाहा पाएपछि  स्थानीय  र उपमेयरको परिवारले जिपमा लगाएको आगो  निभाएका हुन् । आगजनी गरेको केहीबेरमै थाहा पाएका कारण ठुलो  क्षति हुनबाटा जोगिएको प्रहरीले जानकारी दिएको छ।

महोत्तरी प्रहरीले घटनास्थलबाट पेट्रोल राखिएको  २ लिटरको बोतल बरामद गरेको छ भने  घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्