लुम्बिनीमा कांग्रेस र माओवादीबाट एक-एक जना मन्त्री थपिए

आइतबार, पुस ८, २०८०

दाङ । लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्री थपिएका छन् । नेपाली काँग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीले सरकार बिस्तार गर्न थालेका हुन ।

मुख्यमन्त्री चौधरीले यसअघि लुम्बिनीमा  नेकपा माओवादी केन्द्रबाट कृष्ण केसी (नमुना) लाई खानेपानी, ग्रामीण तथा सहकारी विकास मन्त्री  र नेपाली कांग्रेसबाट  सरोज थापालाई पर्यटन तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी दिएका छन् । 

आज उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।

काँग्रेसको तर्फबाट दाङबाट निर्वाचित डिल्लीबहादुर चौधरी बैशाख १४ गते मुख्यमन्त्री बनेका थिए । त्यसको ८ महिना पछि उनले सरकार बिस्तार गर्न थालेका हुन ।

हालसम्म लुम्बिनी सरकारमा मुख्यमन्त्रीसहित सात जना मन्त्री थिए । आज दुई जना मन्त्रीले सपथ लिएपछि  मन्त्रीमण्डलको संख्या ९ पुग्ने छ।

 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०८:३९
प्रतिक्रिया दिनुहोस्