कांग्रेस बागमती प्रदेश सम्मेलन आजदेखि

शनिबार, पुस ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन आजबाट काठमाडौँमा हुँदैछ ।

नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले नेपाली कांग्रेस बागमती प्रदेशको प्रदेश सम्मेलन शनिबारबाट काठमाडौँमा हुने जानकारी दिए । उनका अनुसार सो सम्मेलनका उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा आज बिहान ८ः३० बजे समुद्घाटन हुने उनले जानकारी दिएका छन् । नवदुर्गा पार्टी प्यालेस, सुकेधारमा उक्त सम्मेलनको उद्घाटन हुनेछ ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ०८:०३
प्रतिक्रिया दिनुहोस्