बर्दिया कारागारका एक कैदीबन्दीको मृत्यु

शुक्रबार, पुस ६, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज  । बर्दिया कारागारमा रहेका एक कैदीबन्दीको मृत्यु भएको छ ।

उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल ल्याउँदै गर्दा केदीबन्दको बाटोमा मृत्यु भएको बर्दिया प्रहरीले  जनाएको छ ।

मधुवन-२ का ७४ वर्षीय चिन्तानी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तुलसीराम अर्यालले बताए । चौधरीमा दम र प्रेसरको समस्या भएको बताइएको छ । 

२०७९ साल जेठ २३ गते जिल्ला अदालत बर्दियाले पुर्पक्षका लागि कारागार चलान गरेका चौधरीलाई जबर्जस्ती करणीको अभियोग थियो। 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्