दुर्घटना न्यूनिकरणका लागि बाँके ट्राफिकले सुरु गर्यो रिफ्लेक्टिभ स्टिकर टाँस अभियान

बिहीबार, पुस ५, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी बाँकेले जाडोयाम सुरु हुँदै गर्दा हुस्सु र कुहिरोले हुने सवारी दुर्घटना न्यूनिकरणका लागि रिफ्लेक्टिभ स्टिकर टाँस्न सुरु गरेको छ।

बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदी आफैं सडकमा गएर सवारीसाधनमा रिफ्लेक्टिभ स्टिकर टाँस्दै हिंडेका छन् । त्यस्तै सवारीसाधनमा सवारी नम्बर प्रष्ट नभएकालाई ठाँउको ठाँउ नम्बर लेखाउने समेत कार्य बाँके ट्राफिकले सुरु गरेको हो।

अब  चिसो बढेसँगै हुस्सु र कुहिरोले हुने सवारी दुर्घटना कम गर्न यो अभियान थालेको बाँके ट्राफिक प्रमुख सुवेदीले बताए।

बाँके ट्राफिक प्रहरीले यसअघि नै नेपालगन्ज-कोहलपुर सडकखण्डमा सवारीसाधनको स्पीड लिमिट प्रति घण्टा ६० किलोमिटर मापन गरिसकेको छ।

 

 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्