ट्याक्टर दुर्घटनामा ५ जनाको मृत्युु, ९ जना घाइते

बिहीबार, पुस ५, २०८०
Neuro hospital Nepalgunj

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोटमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते भएका छन् ।

आठबीसकोटको कोट च्यारीगाउँ खोला नजिकै गएराति भएको ट्याक्टर दुर्घटनामा आठबीसकोट–१० का ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको ज्यान गएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए ।

घाइते हुनेहरुमा आठबीसकोटकै खड्कबहादुर पुन, रमेश सार्की, दलबहादुर पुन, कुमारघर्ती, रमा गुरुङ, जगवीर सार्की, जयबहादुर घर्ती, मने सार्की र मदन पुन रहेका र सबैको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नम्बर– ८ घर्तीगाउँ जाँदै गरेको ट्याक्टर घुम्तीमा मोड्न खोज्दा गएराति दुर्घटना भएको हो  । 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्