नेपालगञ्जमा जथाभावी फोहर फाले १५ हजार जरिवाना

बिहीबार, पुस ५, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि जरिवाना अभियान थालेको छ ।

नगरबासीलाई आफ्नो फोहोर आफ्नै डस्टविनमा राख्न प्रेरित गर्न सचेत समेत बनाइँदैछ । पहिलो चरणमा चारबाहिनी चोकदेखि न्यूरोड कल्पत्रु होटेलसम्मयो अभियान सुरु गरिएको छ । पर्चा पम्प्लेट वितरण र माइकिंग गर्दै फोहोर जथाभावी नफाल्न सचेत बनाइएको छ । 

घरधनी, पसल व्यवसायी लगायतलाई अबदेखि सडकमा फोहोर नफाल्न सचेत बनाइएको हो । सडकमा जथाभावी फोहोर फालेमा अबदेखि नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम ५ हजारदेखि १५ हजार रुपैयाँ जरिवाना गरिने नगर प्रमुख प्रशान्त विष्टले बताए । 

नगरबासीलाई सचेत बनाउन हिंडेका छौं, पटक पटक यो कुरा भन्दै आएका छौं, अब यो अन्तिम पटक हो, आजदेखि जथाभावी फोहोर फालेमा कारबाही गर्छौं, हाम्रो ऐन अनुसार ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुन्छ,” नगर प्रमुख विष्टले भने । अटेर गरे पसल व्यवसाय समेत बन्द गरिदिने चेतावनी दिइएको छ ।

पटक पटकको प्रयासपछि केही सुधार भए पनि अपेक्षित परिणाम नदेखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले यो अभियान थालेको हो । नगरबासी आफैं सचेत र जागरुक हुनुपर्नेमा पटक पटक भनिरहँदा पनि जथाभावी फोहोर फाल्ने क्रम नरोकिएपछि कारबाहीको नीति अख्तियार गर्नुपरेको उनको भनाई छ । 

 

 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्