अमलेखगञ्जमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, २७ जना घाइते

बुधबार, पुस ४, २०८०
Neuro hospital Nepalgunj

अमलेखगञ्ज । बारामा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा २७ जना घाइते भएका छन् ।

जिल्लाको अमलेखगञ्जमा रहेको तीन नम्बर पुल नजिकै झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान २ बजे ठोक्किँएको बारा प्रहरीले जानकारी दिएको छ। 

दुर्घटनामा ट्रक र बस चालकसहित ३ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बारका अनुसार  तनहुँ घर भएका २८ वर्षका ट्रक चालक पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षका हरि शम्शेर र अर्का एक जना पुरुषको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले सबै घाइतेहहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्