चीनमा गएको शक्तिशाली भूकम्पमा सय बढीको मृत्यु, दुई सय बढी घाइते

मंगलबार, पुस ३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  चीनमा गएको भूशक्तिशाली भूकम्पमा परी सय बढीको मृत्यु भएको छ भने  दुई सय भन्दा बढी घाइते छन् ।

उत्तरी चीनमा आज  बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार कान्सुमा भूकम्पबाट एक सय जनाको मृत्यु  भएको र ९६ जना घाइते भएका छन् । यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् ।

भूकम्पले त्यहाको यातायात, सञ्चार, विद्युत आपूर्ति बन्द भएको छ । कतिपय स्थानमा पानीको आपूर्ति पनि रोकिएको छ । 

बिहानैदेखि खोज तथा उद्धारलाई तीव्रता दिइएको छ भने  भूकम्प प्रभावितहरुको उद्धार, राहत र घाइतेहरुको उपचारमा पूरै शक्ति परिचालन गरिएको छ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  ०९:००
प्रतिक्रिया दिनुहोस्