नेपालगञ्जबाट लेनदेनका एक फरार प्रतिवादी पक्राउ

बिहीबार, असार २८, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले लेनदेन मुद्दाका एक जना  फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

बाँके प्रहरीले लेनदेन मुद्दामा फरार रहेका नेपालगञ्ज  वडा नम्बर १७ का ४५ वर्षीय राजेन्द्र जैसवार कुर्मी पक्राउ गरेको जनाएको छ । कुर्मीलाई बाँके जिल्ला अदालतको २०७९ माघ १३ गतेको फैसलाले लेनदेन मुद्दामा बिगो बापत १ बर्ष कैद सजाय सुनाएको थियो।

त्यसयता फरार कुर्मीलाई बाँके प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालतमा बुझाएको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्