'नीति नभइ कुनै पनि कार्य सम्पादन गर्न सकिँदैन': पूर्व प्रधानन्यायाधीश कार्की

सोमबार, पुस २, २०८०
Neuro hospital Nepalgunj

दाङ  । हरेक तहमा नीति र नेतृत्व आवश्यक रहेको पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले बताएकी छन् । कार्कीले नीति र नेतृत्व तथा स्थानीय शासन र शुसाशन सम्वन्धी अन्तर्रक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताएकी हुन् ।

उनले नीति नै कानुन निर्माणको खुट्किलो भएको बताइन् । उनले भनिन्–।‘ नीति नभइ कुनै पनि कार्य सम्पादन गर्न सकिँदैन, त्यसैले नीति नै कानुन निर्माणको खुत्किलो हो ।’

त्यस्तै उनले घोषणा,जनताको आवश्यकताका आधारमा नीति बनाउनु पर्ने र सोही अनुरुप कानुन निर्माण गरी कार्यानन्वय गर्नुपर्ने उल्लेख गरिन् ।

तुलसीपुर उपमहानगरपालिकाको आयोजना र मेट्रो कलेजको समन्वयमा भएको कार्यक्रममा उनले विचारहरुको छलफल र योजना नै नीति भएकाले हरेक क्षेत्रम नीतिको आवश्यकता हुने बताइन् ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले सहमतीको नाममा लोकतन्त्रलाई उल्झनमा राख्नु गलत भएको बताए ।

त्यस्तै लेखक तथा पत्रकार हरि बहादुर थापालेबजेट बिभाजनमा भिन्नता र तथ्यांक बोश्लेशणमा ध्यानु दिनुपर्ने बताए । स्थानीय तहले बनाइएका एन कानुन अक्षरस कार्यान्वयन नभएको उनले बताए ।

उनले पालिका प्रमुख र वडा प्रमुख बिच मतभेद भएकोले जनताहरुको माग अनुसार कामहरु हुन नसकेको बताए ।

तुलसीपुर उपमहानगरपालिकाका निबर्तमान नगरप्रमुख घनस्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका शासन र सुशासनका हिसाबले अब्बल बन्नुपर्ने र जनतासामु राखिएका एजेन्डाहरु पूरा गर्न तर्फ लाग्नुपर्ने सुझाव दिएका थिए।

कार्यक्रममा तुलसीपुर उपमहागरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिरेन्द्र शाह, वडा नम्बर ११ का वडाध्यक्ष मान वहादुर रावतले स्थानीय तहका जनप्रतिनिधीलाई अधिकार दिएपनि त्यसको प्रयोगका श्रोतसाधन उपलव्ध नभएको भन्दै अधिकार कार्यान्वयमा समस्या रहेको बताएका थिए।

 

 

 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्