एमालेबाट निर्वाचित वडाध्यक्ष ५ लाख घुससहित पक्राउ

सोमबार, पुस २, २०८०
Neuro hospital Nepalgunj

सिमरा। नेकपा एमालेबाट निर्वाचित एक जना  वडाध्यक्ष ५ लाख घुससहित पक्राउ परेका छन् । 

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष ताराबहादुर कार्कीलाई ५ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगल्र पक्राउ गरेको छ।।

अख्तियारको टोलीले वडाध्यक्ष कार्कीलाई  आज ५  लाख रूपैयाँ घुससहित जीतपुरको जयसवाल होटलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका कार्की २०७९ वैशाखामा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन भने उनी एमालेको मधेस प्रदेश कमिटी सदस्यसमेत हुन् । उनीसँग थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्