सर्वोच्च अदालतको लागि सिफारिस भएका न्यायाधीशको सुनुवाइ सकियो, निर्णय पुस ४ गते

सोमबार, पुस २, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस  भएका ६ जना न्यायाधीशको संसदीय सुनुवाइ आज सकिएको छ ।

गत शुक्रबारबाट  सुरु भएको सुनुवाइ आज सकिएको हो । अब सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका उनीहरुको नाम अनुमोदनका लागि पुस ४ पुस गते अर्को बैठक बस्ने सुनुवाइ समितिले निर्णय गरेको हो ।

सर्वोच्चको न्यायाधीशमा न्याय परिषदले    सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको हो ।

 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्