सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
ललितपुर । ललितपुर महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम आजबाट सुरु भएको छ। बीमा कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल उद्घाटन गरेका हुन् ।
ललितपुर महानगरपालिकाले आफ्नो १०५औं स्थापना दिवसका अवसरमा आजदेखि महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो ।
स्वास्थ्य बीमाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले एक जना अपाङ्गता भएका एक पुरुष र एक महिलालाई विद्युतीय कार्ड हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा ललितपुरका मेयर चिरीबाबु महर्जन, जनप्रतिनिधिसहित कर्मचारीहरुको उपस्थिति रहेको थियो।