घोराही दुर्घटना मामा-भान्जा मृत्यु प्रकरण: पीडितलाई क्षतिपुर्ती दिने सहमति

आइतबार, पुस १, २०८०
Neuro hospital Nepalgunj

घोराही । दाङको घोराही-तुलसीपुर सडकखण्डमा टिपरको ठक्करबाट मामा-भान्जाको मृत्युपछि उत्पन्न तनाब छलफल पछि  क्षतिपूर्ती उपलब्ध गराउने सहमतिमा टुँगिएको छ।

जिल्ला प्रशासन कार्यालय दाङमा पीडित पक्ष र ट्रक समितिका बीचमा मृतकका आफन्तलाई क्षतिपूर्ती बाफत जनही साढे ६ लाख क्षतिपूर्ती उपलब्ध गराउने तथा ट्रक धनिले नयाँ मोटरसाइकल किनेर दिने सहमति भएको हो ।

मृतक दुबै जना शब प्यूठानस्थित घरसम्म पु¥याइदिने र दुर्घटना पछि क्षतिपुर्तीका लागि प्यूठानबाट दाङ आएका मानिस तथा आफन्तलाई पनि घर सम्म छोड्ने बन्दोबस्त ट्रक समितिले नै गर्ने सहमति कायम भएको छ ।

सहमति कायम भएपछि उत्पन्न बिबाद समाधान भएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले जानकारी दिए । 

प्यूठानको झिमरुक गाउँपालिका -४ बाङ्गेका १७ बर्षीय बिशाल जिसी र नौंबहिनी गाउँपालिका-६  लुङका १८ बर्षीय सागर केसीको मृत्यु उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा थियो । दुर्घटनापछि मृतक दुबै जनाको शव प्रतिष्ठानमै राखिएको थियो ।

तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले घोराहीबाट – तुलसीपुर तर्फ आउँदै गरेको रा २ प ५५८९ नम्बको मोटरसाइकललाई घोराही उपमहानगरपालिका– १० झारबैरा चोकमा शुक्रबार राति दश बजेर २० मिनेट जाँदा ठक्कर दिएको थियो ।

पीडितको आवाज कसैले नसुनेपछि आज बिहान ७ बजेदेखि घोराहीस्थित तुलसीपुर चोकमा यातायात अवरुद्ध गर्न बाध्य भएको र त्यही क्रममा प्रहरीले आँफुहरुलाई जबरजस्त उठाएर लगेको पोखरेलले बताए।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले भने दुर्घटनापछि ट्रक चालकलाई नियन्त्रणमा लिइसकेको अवस्थामा बिमा बाफत स्वत: क्षतिपुर्ती उपलब्ध हुने ब्यबस्था बिपरित जबरजस्त सार्वजनिक सवारी बन्द गर्न खोजेपछि आन्दोलनमा उत्रिएकाहरुलाई वार्ताको लागि लगिएको जानकारी दिएका थिए ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्