पोखरा जाँदै गरेको बस दुर्घटना, १८ जना घाइते

आइतबार, पुस १, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् ।

आज बिहान  साढे ८ बजे तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलवारीस्थित पृथ्वी राजमार्गमा बस 

मुग्लिनबाट पोखरातर्फ गइरहेको ग २ ख १४५९ नम्बरको बसले टिपरलाई उछिन्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा घाइतेमध्ये ४ जनाको  दमौली अस्पतालमा उपचार भइरहेको छ भने रत्नहरि मेमोरियल अस्पताल तनहुँमा ६ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै घाइते भएका  ८ जनालाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्