नक्कली शरणार्थी प्रकरणका फरार रहेका थप एक जना पक्राउ

बिहीबार, असार २८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँका उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फरार रहेका काठमाडौंस्थित असनका केशव तुलाधरलाई  पक्राउ गरेको जनाएको छ।

अपराध अनुसन्धानका अनुसार जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिहरुलाई ठगी गर्ने कार्यमा संलग्न भएको आरोप लागेका र फरार रहेका तुलाधरलाई सानो भर्‍याङबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका तुलाधरलाई ठगी तथा सङ्गठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ । 

पक्राउ परेका तुलाधरसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्