टिपरको ठक्करबाट मृत्यु भएका मामा-भान्जाको परिवारबाट घोराही-तुलसीपुर सडक अवरुद्द

आइतबार, पुस १, २०८०
Neuro hospital Nepalgunj

घोराही । दाङको घोराही-तुलसीपुर सडक खण्डमा टिप्पर ठक्करबाट मृत्यु भएका मृतकका परिवारले आज बिहानैदेखि सडक अवरुद्ध पारेका छन् ।

घोराही-तुलसीपुर सडक खण्ड बन्दका कारण सवारीसाधन चलेका छैनन् । आफन्तले टायर बालेर न्याय पाउनुपर्ने माग राखेका छन् ।

शुक्रबार राति घोराही उपमहानगरपालिका १० झारबैरामा भएको दुर्घटनामा मृत्यु भएका दुई मामा- भान्जाका आफन्तले उचित क्षतिपुर्तिको ब्यवस्था नभएसम्म शब अस्पतालबाट नउठाउने चेतावनी दिएका छन् ।

बिरोध स्वरुप आज दाङ बन्दको आब्हान गरिएको संघर्ष समितिका संयोजक प्रमोद पोखरेलले बताए ।

मृतकका परिवारका लागि उचित क्षतीपुर्तीको ब्यवस्था नभएसम्म आन्दोलनका कार्यक्रमको घोषणा गरिएको संयोजक पोख्रेलले बताए।

दुर्घटनामा मोटरसाइकलमा सवार प्युठानको झिमरुक गाउँपालिका-४ बांगेमरोठका १७ वर्षीय विशाल जिसी र नौबहिनी गाउँपालिका-६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको हो ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ क १३०७ नम्वरको टिप्परले बिपरित दिशाबाट आउँदै गरेको रा २ प ५५८९ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । मृतकको शब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा राखिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्