नम्बर नखुलेको गाडीले ठक्कर दिदा कांग्रेसबाट निर्वाचित वडा सदस्यको मृत्यु

आइतबार, पुस १, २०८०

चितवन । चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ । 

माडी नगरपालिका-१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी-२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो । 

उनी नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित भएका थिए ।
बा .प्र.०३०४प ८९१७ नम्बरको मोटरसाइकलमा वनकट्टाबाट भरतपुरतर्फ आउँदै गर्दा वडा सदस्य लुइँटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गइरहेको टयाक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । 

उनका अनुसार ठक्कर दिने ट्याक्टर भएको अनुमान गरिएको र केही ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए । 

केही दिनअघि मात्रै माडीमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ०९:१३
प्रतिक्रिया दिनुहोस्