दाङमा टिपरको ठक्करबाट मामा-भान्जाको मृत्यु

शनिबार, मंसिर ३०, २०८०
Neuro hospital Nepalgunj

तुलसीपुर । दाङको घोराहीमा टिप्परको ठक्करबाट  मोटरसाइकल सवार दुई युवककोप मृत्यु भएको छ।  

जिल्ला प्रहरी दाङका अनुसार तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले  घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा २ प ५५८९ नम्बको मोटरसाइकललाई गए राति साढे १० बजे घोराही-१० झारबैरा चोकमा ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल सवार  सवार प्यूठान झिमरुक गाउँपालिका-४ बाङ्गेका १७ वर्षीय विशाल जिसी र नौंबहिनी गाउँपालिका-६ लुङका १८ बर्षीय सागर केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको दाङ प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकल सवार दुई युवक नातामा मामा-भान्जा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले ठक्कर दिने टिप्पर र रुन्टीगढी गाउँपालिका- ९ घर भएका २६ वर्षीय चालक इश्वर बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ।

 

 

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्