कांग्रेस महासमिति बैठक आगामी फागुन ७ देखि १० सम्म

शुक्रबार, मंसिर २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नेपाली कांग्रेसको फेरि पनि महासमिति बैठकको मिति सरेको छ । पटक पटक विभिन्न बहानामा सर्दै आएको बैठक अब फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय भएको हो। 

शुक्रबार पार्टी मुख्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले महासमिति बैठक सारेर फागुनमा गर्ने निर्णय गरेको हो । 

सहमहामन्त्री जीवन परियारले राष्ट्रिय सभाको निर्वाचनका लागि भनेर महासमिति सारिएको बताए । 

यसअघि पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बस्ने तय भएको थियो । महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्ताव तयारीलाई अन्तिम रुप दिँदै थिए भने उपसभापति पूर्णबहादुर खड्काले लेखन शुरुसमेत नगरेको पाइएको छ । अब भने कांग्रेसलाई समय नै समय भएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्