राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

शुक्रबार, मंसिर २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि राजनीतिक दल दर्ताको आज अन्तिम दिन हो । 

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । 

संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नुपर्ने आयोगले जनाएको छ । 

मङ्सिर २४ देखि २९ गते (आज) सम्म दर्ता भएका दलले मात्रै राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्