नेपालगन्जबाट लाखौंको पेट्रोल अटोको पार्टपूर्जा बरामद

बिहीबार, मंसिर २८, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले अबैधरुपमा ल्याइएको पेट्रोल अटोको पार्टपूर्जा बरामद गरिएको छ।

नेपालगन्ज -१८ भाटभटेनी नजिक जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा थुपारेर राखेको बिभिन्न कम्पनीका पेट्रोल अटोका पार्टपूर्जाहरु बरामद गरेको हो ।

करिब दुई लाख उन्नाइस हजार रुपैयाँ बराबरको सामान फेला पारी बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामान आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्