पौने ७ लाख बढीका सुनका गहनासहित नेपालगन्जबाट भारतीय नागरिक पक्राउ

बुधबार, मंसिर २७, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । जिल्ला प्रहरी बाँकेको टोलीले  सुनका गहनासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

नेपालबाट ६ लाख ७८ हजार रुपैयाँ बराबरका  सुनका विभिन्न गहना बनाएर भारततर्फ जाँदै गरेका भारत बाबागञ्जका ४० वर्षीय बब्लु भन्ने सञ्जयकुमार सोनीलाई प्रहरीले नेपालगञ्ज- १० साझा चोकस्थित चारबाहिनीबाट जमुनाहतर्फ जाँदै गरेको अवस्थामा  पक्राउ गरेको हो ।

युपी ४० एयु ४१९९ नम्बरको मोटरसाइकलमा रहेका सञ्जयको साथबाट २ थान मिनी हार, १ थान मसिनो सिक्री, १ थान लकेट, नथिया ठूलो सानो १० थान, कानमा लगाउने झाला ४ थान र १ थान औंठी बरामद गरेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनको साथबाट केही नक्कली गहना पनि बरामद भएको छ । 

ग्यारेन्टीवाला कानमा लगाउने टप ५४ जोर, कानमा लगाउने बेरुवा बाली ३१ जोर, रातो पोतेमा पाइप लगाएको १ थान समेत बरामद भएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  २२:०२
प्रतिक्रिया दिनुहोस्