दाङको शान्तिनगर गाउँपालिकामा भुमिहिनलाई निस्सा वितरण

बुधबार, मंसिर २७, २०८०
Neuro hospital Nepalgunj

दाङ । दाङको शान्तिनगर गाउँपालिकाले भुमिहिन तथा सुकुम्बासीलाई निस्सा वितरण गर्न सुरु गरेको छ । गाउँपालिकाले पहिलो चरणमा वडा नं.२ का सुकुम्बासीलाई निस्सा दिएको हो। 

पालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यतामा ७५८ जना भुमिहिन सुकुम्बासीलाई अस्थायी निस्सा वितरण गरिएको हो ।

अध्यक्ष बस्नेतले आफुले चुनाबमा गरेको बाचा अनुसार चाडै रातो लालपुर्जा स्थानीयलाई दिलाउने अध्यक्ष बस्नेतले बताए ।

यसैगरि पालिकाको वडा नं. १, ३, ४, ५, ६ र ७ नं वडाका भुमिहिन सुकुम्बासीलाई पनि चाडै निस्सा वितरण गरिने अध्यक्ष बस्नेतले बताए । निस्सा पाएसँगै स्थानीयहरुले अध्यक्ष बस्नेतलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्