बाँके प्रहरीद्वारा राप्तीसोनारीबाट ३ क्विन्टल बोइलर कुखुरा बरामद

आइतबार, मंसिर २४, २०८०
Neuro hospital Nepalgunj

बाँके । जिल्ला प्रहरी बाँकेले भारतबाट अवैध रुपमा ल्याइएको ३ क्विन्टल बोइलर कुखुरा बरामद गरेको छ।

जिल्ला प्रहरी बाँकेबाट गएको टोलीले राप्तीसोनारी-४ कुम्मर गाउँबाट अवैध रुपमा भारतबाट ल्याएर जङ्गलमा लुकाएर  राखिएको ३ क्विन्टल कुखुरा बरामद गरेको जनाएको छ।

आज बिहान १० बजे प्रहरीको टोलीले बरामद गरेको ३ क्विन्टल बराबरको ९० हजार रुपैयाँको कुखुरा तस्करहरु भने त्यहा नभेटिएको जनाएको छ।

बाँके प्रहरी हाल तस्करी , चोरी गर्ने गिरोहविरुद्द खरो रुपमा उत्रदै आएको छ

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्