सङ्क्रमणकालीन न्यायलाई छिट्टै निष्कर्षमा पुर्‍याउन लगातार पहल भइरहेको छ: प्रधानमन्त्री

आइतबार, मंसिर २४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायलाई छिट्टै निष्कर्षमा पुर्‍याउन लगातार पहल गरिरहेको  बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा प्रचण्डले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐेन संशोधन गरी पीडितलाई अनुभूत हुने गरी न्याय दिलाउन सरकारले निरन्तर काम गरिरहेको बताएका हुन् ।

उनले विद्यमान कानुनमा सर्वोच्च अदालतको आदेश आयोगको सुझाव तथा सिफारिस अनुसार परिमार्जन हुने बताए ।

उनले सङ्क्रमणकालीन न्यायको विषय टुङ्ग्याउन ढिला भएको पनि धारणा राखे ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्