त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलोसहित ३ विदेशी पक्राउ

आइतबार, मंसिर २४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । साढे ६ किलो सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलबाट तीन विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

भन्सार कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले गए राति दुबईबाट ल्याइएको छ किलो पाँच सय ९० ग्राम सुनसहित इजिप्टका नागरिक मोहमद मोगामद लसिमलाई पक्राउ गरेको हो ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका सालेहलाई शनिबार राति पक्राउ गरिए जानकारी दिए । 

कार्यालयले उक्त सुन कारोबारीका सम्बन्धमा अन्य दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको विस्तृत विवरण खुलाइएको छैन । 

कार्यालयले पक्राउ गरेका लसिमले पाउडर बनाएर ल्याएको साढे छ किलो सुन बरामद गरेको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्