प्रधानमन्त्रीका सबै काम असार ३० गतेसम्मका लागि स्थगित

बिहीबार, असार २८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । पत्नी सीता दाहालको निधनको शोकमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' का सबै कार्यक्रम असार ३० गतेसम्मका लागि बन्द गरिएका छन् ।

पत्नी सीता दाहालको निधनले प्रधानमन्त्री प्रचण्डले आफ्ना सम्पूर्ण सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाटलाई असार ३० गतेसम्म स्थगित गरेको प्रधानमन्त्रीको सचिववालयले जानकारी दिएको छ। यसबीचमा प्रधानमन्त्री सिंहदरबार पनि नजाने भएका छन् ।

बालुवाटारमा श्रद्धाञ्जली र समवेदना दिन आउनेहरुसँग भेटघाट र कुराकानी गर्ने बाहेक अरु सबै कार्यक्रम स्थगित गरिएको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीताको बुधबार बिहान उपचारका क्रममा काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको हो।

 

 

 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्