बाँकेको जानकी गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

शनिबार, मंसिर २३, २०८०
Neuro hospital Nepalgunj

रबिन्द्र घिमिरे /जानकी (बाँके०) ।  बाँकेको जानकी गाउँपालिकाले जेष्ठ तथा अशक्त नागरिकहरुलाई गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । 

यसअघि सामाजिक सुरक्षा भत्ता लिनका लागि जेष्ठ तथा अशक्त नागरिकहरुलाई नेपालगन्ज बजारमा रहेको मुक्तिनाथ र सांग्रिला बैंकमा जानुपर्ने वाध्यता थियो । गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेपछि स्थानीयलाई सहज भएको छ ।

गाउँपालिकाबाट नेपालगन्ज सामाजिक सुरक्षा भत्ता लिन जानुपर्ने वाध्यताका कारण जेष्ठ नागरिकहरुले विभिन्न किसिमका सास्ती भोग्दै आएका थिए । गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु भएपछि विहानैदेखि भोक(प्यासै घन्टौंसम्म लाइनमा उभिनुपर्ने वाध्यताको अन्त्य भएको छ । पहिले नेपालगन्ज जानुपर्ने वाध्यता रहेको जेष्ठ नागरिकहरु बताउँछन् ।

नेपालगन्ज जाँदा आउँदाको समस्या र भाडाको खर्चको अन्त्य भएपछि उनीहरु खुसी छन् । अहिले गाउँपालिकाले कार्यालयबाट भत्ता वितरण सेवा दिएपछि आफूहरुलाई सहज भएको रामबहादुर शाहीले बताए । गाउँपालिकाले वृद्धहरुको समस्यालाई हेरी भत्ता घरैसम्म पुरयाईदिने व्यवस्था गरिदिए झनै राम्रो हुने सेरे विकको भनाई छ । रंगिलाल जेष्ठ र हरिदेवी सुनारले पनि घर आंगनबाटै भत्ता पाएको भन्दै खुसी ब्यक्त गरे ।

बृद्धबृद्धा तथा अपाङ्गहरुको समस्यालाई मध्यनजर गरी सामाजिक सुरक्षा भत्ता वितरण कार्य गाउँपालिकाबाटै सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत दिलवहादुर पौडेलले बताए।

एनआइसी एसिया बैंक र कुमारी बैंकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरी जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाई छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्