नेपालगन्जमा राष्ट्रिय अनुसन्धानको नक्कली कर्मचारी बनाएर ठगी गरेका एक जना पक्राउ

शनिबार, मंसिर २३, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । नेपालगन्जबाट बाँके प्रहरीले राष्ट्रिय अनुसन्धानको कर्मचारी बनाइदिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

नेपालगन्ज-१७ का प्रदिप वर्मासँग ३६ हजार रुपैयाँ लिएर अनुसन्धानको विभागको छाप किर्ते गरि नक्कली नियुक्त पत्र बनाएर जागिर लगाइ दिएका नेपालगन्ज -२२ का फहद खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

प्रहरीको अनुसन्धानमा पक्राउ परेका खाँले वर्मालाई २०८० भदौ  ३ गते जागिर लगाएर तलब नदिएपछि घटनाको रहस्य बाहिरिएको हो।

प्रहरीले अन्य कोहीलाई निजले ठगी गरेको भए जिल्ला प्रहरीमा उजुरी दिन अनुरोध गरेको छ ।

प्रहरीले पक्राउ परेका खाँसँँग थप अनुसन्धान भइरहेको जनाएको छ।


 

 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्